काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार शिष्टाचार भेट गरेका छन् । क्वात्राले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको शुभकामना सन्देश राष्ट्रपति भण्डारीलाई सुनाएको भारतीय दूतावासले जनाएको छ ।
यसअघि उनले आजै परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालसँग शिष्टाचार भेट गरे। नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय बैठकपछि क्वात्राले परराष्ट्र मन्त्रालय पुगेर शिष्टाचार भेट गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्