ट्राफिक नियमविरुद्धको आन्दोलन भन्दै सडकमा सवारी साधन तेर्साए बालाजु चोकमा सडक अबरुद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

केहीबेर अघिदेखि यातायात मजदुरले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् । उनीहरुले ट्राफिक नियमविरुद्धको आन्दोलन भन्दै सडकमा सवारी साधन तेर्साए बालाजु चोकमा सडक अबरुद्ध गरेका हुन् । ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको उनीहरूको आरोप छ ।

बीच सडकमै सवारी साधन राखेर सडक अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ ।

प्रहरी वृत्त बालाजुकाअनुसार बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध छ ।

अवरुद्ध खुलाउने प्रयास जारी रहेको वृत्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array