वीरेन्द्रनगरमा आन्दोलनले उग्ररूप लिएपछि प्रहरीद्वारा ४ राउण्ड अश्रु ग्यास प्रहार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – बसको ठक्करबाट एक महिलाको ज्यान गएपछि सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्ररूप लिएको छ । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो ।

आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरूले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् ।

आन्दोलनलाई साम्य पार्ने प्रयास गरिएपनि प्रहरीले सकिरहेको छैन भने आन्दोलनले थप उग्र रूप लिँदै गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीका अनुसार १३० जना प्रहरीको टोली आन्दोलन स्थलमा तैनाथ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array