जनयुद्ध दिवसमा बिदा दिएको भन्दै द्वन्द्व पीडित समुदायद्वारा विरोध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’ दिवसका अवसरमा सार्वजनिक बिदा दिएको भन्दै विरोध भएको छ।

द्वन्द्व पीडित समुदाय र नागरिक समाजले विरोध गरेका छन्। दुवै समूहले आजको दिनलाई कालो दिवस भन्दै जिल्ला अदालत काठमाडौँ परिसर अगाडि विरोध प्रदर्शन गरेका हुन्।

- Advertisement -
Ad image
उनीहरूले सार्वजनिक बिदा खारेज गर्नुका साथै द्वन्द्वपीडितलाई न्याय दिन माग गरेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय पछि यसको चौतर्फी विरोध हुँदै आएको छ।

सत्तारुढ दलभित्रै यो निर्णयको विरोध भएको छ। राप्रपाले त आइतबार नै कुनै एक दलको नेतृत्वमा भएको हिंसालाई उत्सवका रूपमा मनाउनु दुर्भाग्य भएको बताएको छ।

यता नेकपा एमालेका सांसदहरूले पनि सार्वजनिक बिदा दिने निर्णय शासकीय अख्तियारको दुरुपयोगका रूपमा टिप्पणी गरेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्