कैलालीमा शहीद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय बनाउने मन्त्रिपरिषदको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार
1 Min Read
Aa

आज बसेको मन्त्रिपरिषद बैठकले कैलालीको गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले गेटामा सरकारी लगानीमा निर्माण भएको संरचनामा स्वास्थ्य विज्ञानसम्बनन्धी विशिष्टिकृत विश्वविद्यालयको रुपमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नु उपयुक्त हुने निर्णय गरेको हो ।

आज बिहान मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटामा शहीद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय बनाउने बताएका थिए ।

यो नेपालकै पहिलो स्वास्थ्य विज्ञानसम्बनन्धी विश्वविद्यालय हुनेछ । अब शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो विश्वविद्यालयसम्बन्धी विधेयक तयार गर्नेछ र संसदमा पेश गर्नेछ । विधेयक संसदबाट पारित भएपछि विश्वविद्यालय स्थापना हुनेछ ।

गेटा मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण विकास समितिले २८ वटा संरचना बनाएको छ भने २३ वटा निर्माणाधीन छन् । निर्माणाधीनमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने पूर्वाधार विकास समितिले जनाएको छ । यी संरचना निर्माण गर्दा सरकारको ५ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array