चितवन क्षेत्र नम्बर २मा वैशाख १० गते उपनिर्वाचन हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार
1 Min Read
Aa

यसअघि गत ४ मंसिरमा भएको निर्वाचनमा रवी लामिछाने निर्वाचित भएको निर्वाचन क्षेत्र चितवन क्षेत्र नम्बर २मा निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन-२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

नेपाली नागरिकता त्यागेर अमेरिकन नागयिरकता लिएको र अमेरिकन नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पुरा नगरेको भनी सर्वोच्च अदालतले फैसला गरेपछि लामिछानेको पद खारेज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array