सरकारले आज साँझ ६ बजे बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्रालयबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्न लागेका हुन् । त्यसअघि पौडेलले प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनबारे वक्तव्य दिने कार्यसूची छ ।
आज सार्वजनिक गरिने अर्धवार्षिक समीक्षा प्रतिवेदन मार्फत सरकारले यो वर्षका लागि बजेटले लिएको राजस्व र खर्चको लक्ष्य घटाउने तयारी गरेको छ ।
चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर, लक्ष्यअनुसार राजस्व नउठेकाले सरकार दबाबमा छ । अर्थ मन्त्रालयले यस अघिनै चालु खर्च २० प्रतिशतले कटौती गर्न मन्त्रालय र विभागहरुलाई निर्देशन दिइएको छ । यो वर्ष संघीय सरकारको चालु खर्च मात्रै ११ खर्ब ८३ अर्ब रुपैयाँ छुट्याइएको थियो । तर, चालु खर्च ठूलो दरमा हुँदा ३ खर्ब ८० अर्बको पूँजीगत खर्च भने लक्ष्य अनुसार हुन सकिरहेको छैन ।
यस्तो अवस्थामा बजेटको मध्यावधि समीक्षाले बजेटले निर्धारण गरेका लक्ष्यहरु परिवर्तन गर्नेछ । राजस्व र खर्चका लक्ष्यहरुलाई घटाएर बजेटमा संशोधन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्