नेपाली दूतावासहरूमा “श्रमिक हेल्पडेस्क” राख्ने सरकारको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार
1 Min Read
Aa

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशस्थित विभिन्न मुलूकमा रहेका नेपाली दूतावासहरूमा “श्रमिक हेल्पडेस्क” राख्ने निर्णय गरेको छ।

यस अघि माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीहरूलाई वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौं झमेला र सास्ती भोग्नुपरेको भन्दै विदेशमा रहेका नेपाली कामदारहरूका समस्या सम्वोधनका लागि श्रमिक डेस्क राख्न निर्देशन दिएका थिए ।

- Advertisement -
Ad imageAd image

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले आवश्यक गृहकार्य गरेको थियो। गृहकार्य पूरा गरेपश्चात् मन्त्रालयले विदेशस्थित विभिन्न मुलूकमा कार्यरत श्रमिक एवं कामदारहरूको समस्या सम्वोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले बताए ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्