गेटा मेडिकल कलेज नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय हुनेछ : प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार
1 Min Read
Aa

सुदूरपश्चिम क्षेत्रका पूर्व तथा बहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिव लगायतसँगको संयुक्त छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले कैलालीको गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने आश्वासन दिएका छन् । यो नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय हुनेछ ।

यससम्बन्धी थप घोषणा प्रधानमन्त्री प्रचण्डले भोलि (सोमबार) सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्नेछन् ।

६०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित कैलालीको गेटामा निर्माण भएको संरचना आवश्यक कानुनको अभावमा  दुई वर्षदेखि अलपत्र छ।

प्रतिक्रिया दिनुहोस्

Array