उच्चस्तरीय संयन्त्रको बैठक सकियो; राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा चाँडै आउन सक्छ : लिङदेन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार
1 Min Read
Aa

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । राष्ट्रपति निर्वाचन केन्द्रित बैठक भनिएपनि यस बिषयमा धेरै छलफल नभएको सत्ता गठबन्धनका एक प्रमुख घटक राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् ।

लिङदेनका अनुसार बैठकमा सरकारका कामकारवाहीको समीक्षा र गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको छ ।

पत्रकारसँग कुरा गर्दै उनले भावी राष्ट्रपतिको विषयमा गठबन्धन दलहरूबीच कुनै पनि असमझदारी नभएको प्रष्ट्पार्दै भने “भावी राष्ट्रपतिका बारेमा बाहिर आएका कुराहरू भ्रमपूर्ण रहेका छन्”।

आजको बैठकमा राष्ट्रपति चुनावबारे छलफल नभएको लिङ्देनले दाबी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा पत्रकारले गरेको प्रश्नमा उनले भने : “यसबारे सकारात्मक छलफल भएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी  सरकारमा चाँडै आउन पनि सक्छ । केही प्राविधिक विषयहरू मिलाउनुपर्नेछ,’।

आगामी दिनमा गठबन्धनभित्रको छलफललाई निरन्तरता दिने सहमति भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array