सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार
1 Min Read
Aa

राष्ट्रपति निर्वाचनको विषय पेचिलो बनेर सत्ता गठबन्धनको भविष्यमा नै प्रश्न उठेको समयमा सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

गठबन्धनमा रहेका जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा जसपा नेपाल भने बैठकमा अनुपस्थित रहेका छन् ।

आजको बैठकमा आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन लगायतको विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array