नेपाल चिकित्सक संघ र सरकारी टोलीबीच वार्ता जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार
1 Min Read
Aa

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारी टोलीबीच बिहानैदेखि वार्ता भइरहेको हो ।

वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेश पाण्डे र चिकित्सकहरुको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की नेतृत्वको टोली सहभागी छन् ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलन घोषणा गरिएको थियो । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले आन्दोलन फिर्ता लिन र नियमित सेवामा खटिन पनि नेपाल चिकित्सक संघलाई आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array