लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०७९, आईतवार
2 Min Read
Aa

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद विस्तार गरेका छन् । लुम्बिनीमा सत्ता साझेदार ४ दलका ७ जना मन्त्रीमा नियुक्त भएका हुन् , साथै मन्त्रीहरुको कार्य विभाजन समेत भएको छ ।पुस २७ गते विना विभागीय मन्त्री बनेका २ जना सहित ९ जनालाई मन्त्रालयको कार्य विभाजन भएको छ । विस्तारित मन्त्रिपरिषदमा एमालेबाट ४ जना, माओवादी केन्द्रबाट ३ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका छन् ।

मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (९) अनुसार मन्त्रीहरुको नियुक्ति र कार्य विभाजन गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

कार्यविभाजन अनुसार माओवादी केन्द्रका जोखबहादुर महरा आर्थिक मामिला, इन्द्रजित थारु भैतिक पुर्वाधार विकास,कृष्णा केसी आन्तरिक मामिला,कानुन तथा सहकारी त्यस्तै नेकपा एमालेबाट  चेतनारायण आचार्य खानेपानी,ग्रामीण तथा शहरी विकास,विष्णुप्रसाद पन्थी स्वास्थ्य,दुर्गाप्रसाद चौधरी वन तथा वातावरण मन्त्रालय, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था साथै राप्रपाबाट जानकी प्रसाद यादव उद्योग,पर्यटन तथा यातायात व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकास मन्त्रालय सम्हाल्ने छन् ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त भएसंगै एमालेबाट चेतनारायण आचार्य र माओवादीबाट कृष्णा केसी विना विभागीय मन्त्री बनेका थिए ।

सरकारलाई समर्थन गरेको जसपा तत्काल सरकारमा नगएपनि पछि आउन सक्ने र उसलाई एउटा मन्त्रालय दिने गरी हाल उक्त मन्त्रालय एमालेले राखेको छ ।

मन्त्रीहरुको सपथ आज दिउसो १ बजे दाङमा हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array