एमालेलाई सुदूरपश्चिमबाट धक्का हुन सुरु भयोः माधव नेपाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई सुदूरपश्चिमबाट धक्का दिएको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीको केही काम छैन भनेको प्रसंग सम्झिँदै सुदूरपश्चिमबाट एमालेलाई नै धक्का दिएको बताएका हुन् ।
‘सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ रु एउटा नेपाली काँग्रेस, अर्को ९एकीकृत समाजवादी० छ । यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ रु ठूलो धक्का एमाले पार्टीलाई परेको छ । त्यो सुरुवात हो’ उनले भने ।

सुदूरपश्चिममा २७ पुसमा मुख्यमन्त्री बनेका राजेन्द्र रावल विश्वासको मत नपाएपछि बिहीबार पदमुक्त भएका थिए । अहिले नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री भएका छन् र नेकपा एकीकृत समाजवादीका नरेश शाही पनि मन्त्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array