सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीसँग विश्वासको मत मागे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीसँग विश्वासको मत मागेका छन् । शनिबार टीकापुरमा मुख्यमन्त्री शाह र चौधरीबीच भेटवार्ताको क्रममा केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । भेटमा मुख्यमन्त्री शाह र चौधरीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल तथा कुराकानी समेत भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश सरकार र विश्वासको मतबारे पनि छलफल भएको थियो । भेटमा समसामयिक राजनितिक छलफलसँगै विश्वासको मत दिएर सहयोग गर्न आग्रह गरेको मुख्यमन्त्री शाहले बताए । रञ्जिताले पार्टीमा छलफल गर्ने बताएको थिइन ।
यसअघि आज बिहान मुख्यमन्त्री शाहले रेशम चौधरीको परिवारलाई भेटेका थिए। मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका टीकापुर हत्याकाण्डमा दोषी प्रमाणित भइ डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका चौधरीकी आमा र परिवारका अन्य सदस्यलाई घरमै गएर भेटेका हुन्।
शुक्रबार मात्र कार्यभार सम्हालेका मुख्यमन्त्री शाहले रेशम चौधरीलाई छुटाउन लाग्ने बताएका छन्।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नागरिक उन्मुक्ति पार्टी प्रदेश सभा बैठकमा उपस्थित नभएपछि विश्वासको मत नपाएर राजीनामा दिएका थिए। रावलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array