विकेकशील साझाको महाधिवेशन आज सकिँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौंमा आज सम्पन्न हुँदैछ ।लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको हिजोबाट सुरु भएको प्रथम महाधिवेशन आज सम्पन्न हुन लागेको हो ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेशनको नयाँ नेतृत्वका लागि पार्टीका केन्द्रीय नेता समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् ।

तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन्। नेता मिलन पाण्डको अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ ।

महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गर्नेछ। महाधिवेशनमा देशभरबाट करिब एक हजार महाधिवेशन प्रतिनिधि सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

Array