काठमाडौं – सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रपति सत्ता साझेदार दलहरूको सहमतिबाट चुनिने बताएका छन् । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधनपछि बाहिरिने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिंदै अध्यक्ष ओलीले दलहरूकै सहमतिबाट राष्ट्रपति चुनिने बताए ।
अबको राष्ट्रपति को बन्छ ? भन्ने प्रश्नको संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, ‘हामीले जो भन्छौं, त्यही बन्छ ।’ अध्यक्ष ओलीले सुदूरपश्चिम सरकार ढल्यो अब केन्द्रमा के हुन्छ भन्ने प्रश्नको जवाफमा,’ अब हेर्दै जाऔं ।’
उनले राष्ट्रपतिको सम्बोधन राम्रो भएको प्रतिक्रिया दिएका छन् । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५० मिनेट सम्बोधन गरेकी थिइन् । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारी आफूले प्रस्तुत गरेको विषय सरकारको नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले विकास पूर्वाधार, अर्थतन्त्र सुधार र सरकारको नीति तथा कार्यक्रमबारे स्पष्ट पारिन् । उनले विकास निर्माणले गति लिए पनि त्यो पर्याप्त नभएको बताइन् ।
प्रतिक्रिया दिनुहोस्