सुदूरपश्चिम प्रदेशमा ३ सदस्यीय मन्त्री मण्डल गठन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

सुदूरपश्चिम प्रदेशमा ३ सदस्यीय मन्त्री मण्डल गठन भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले तत्काल कांग्रेसबाट १ र नेकपा (एकीकृत समाजवादी) बाट १ गरि मुख्यमन्त्री सहित  ३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् ।

तीनै जनाले आज प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका हुन् ।

नेपाली कांग्रेसका प्रकाश देउवालाई भौतिक पूर्वाधार मन्त्रालय र एकीकृत समाजवादीबाट मन्त्री बनेका नरेशकुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ  ।

कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका प्रकाश कैलाली क्षेत्र नं. ५ (२) बाट निर्वाचित भएका हुन् भने शाही बाजुरा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

Array