सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले लिए शपथ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

२७ पुसमा एमाले,माओवादी,नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए ।

शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array