भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

भारतका विदेश सचिव विनयमोहन क्वात्रा परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा सोमबार नेपाल आउने भएका छन् ।

पराष्ट्र मन्त्रालयका अनुसार क्वात्राको भ्रमणमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुने छ ।

क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री बिमला राई पौड्याल, एमाले नेता केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग भेट्ने कार्यक्रम छ ।

नेपालका लागि भारतको पूवराजदूत समेत रहेका क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो समेत दिने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array