माओवादी केन्द्र नरहने, प्रचण्डको नेतृत्वमा अर्कै पार्टी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकले पार्टीको नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव पास गरेको छ। अव यो प्रस्ताव केन्द्रीय कमिटीमा पेस हुनेछ ।

माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम र चुनाव चिन्ह फेर्न प्रस्ताव गरेका थिए । अध्यक्ष प्रचण्ड आफै पार्टी नाम र चुनाव चिन्ह फेर्न लागेकोले माओवादी केन्द्र अव अस्तित्वमा नरहने भएको छ ।

प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ – ‘संरचनागत विधि र पद्धति नाम र चिन्ह लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जन मनोविज्ञान, भू-राजनीतिक व्यवस्था एवं प्रतिस्पर्धालाई समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ,’ ।

प्रचण्डको प्रस्ताव दुई महिने संगठन निर्माण अभियानका क्रममा समेत छलफल चलाइने छ । तल्ला कमिटीसम्म बहस भएपछि, दुई महिनापछि बस्ने केन्द्रीय कमिटीको बैठकमा यसबारे थप छलफल हुन्छ। त्यही बैठकले प्रचण्डको प्रस्ताव अनुसारको निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array