काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका सबै निकायका कार्यक्रमहरु यसवर्ष होटलमा आयोजना नगर्ने भएको छ । पर्यटन मन्त्रालयले यसको कार्यान्वयनका लागि अब आफ्ना मातहतका सबै कार्यक्रम आफ्नै हलमा गर्ने निर्णय गरेको छ । यसअघि अर्थ मन्त्रालयले खर्च कटौतीको निर्णय गर्दै सबै संघीय निकायको चालु खर्च २० प्रतिशत कम गर्ने निर्णय गरेको छ । त्यसका लागि पर्यटनले तीन वटा हल र त्यसको क्षमता समेत सार्वजनिक गरेको छ
मन्त्रालयका अनुसार अब सबै निकायले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रवि भवन परिसर भित्रका हलहरु प्रयोग हुने बताएको छ ।
यहाँ २ सय क्षमताको एक र ५०र५० जना क्षमताका दुई वटा हल रहेका छन्। काठमाडौँ उपत्यका भित्र तालिम, कार्यशाला गोष्ठी, समारोह तथा बैठक सञ्चालन गर्दा पर्यटन मन्त्रालय मातहतका निकायले यी हल प्रयोग गर्नुपर्ने भएको छ।
पर्यटन मन्त्रालय मातहतका कार्यक्रमहरु होटलमा आयोजना नहुने

प्रतिक्रिया दिनुहोस्