अमेरिकाको दाबी रुसले गर्‍यो अस्वीकार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट)को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले अस्वीकार गरेको छ ।

रुसी विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ, “रुसी पक्षले नयाँ स्टार्टका प्रावधानहरूसँग हाम्रो देशको ‘अनुपालन नगरेको’ सम्बन्धमा अमेरिकी प्रतिनिधिहरूले गरेको दाबीलाई स्पष्ट रूपमा अस्वीकार गर्दछ । हामी संयुक्त राज्य अमेरिकाको शत्रुतापूर्ण कार्यहरू अनुत्तरित छोड्ने पक्षमा छैनौँ ।”

विज्ञप्तिमा भनिएको छ, “रुसी पक्षले अन्तर्राष्ट्रिय सुरक्षा र स्थायित्व कायम राख्नका लागि एक उपकरणको रूपमा स्टार्टप्रति आफ्नो अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।”

नयाँ स्टार्टअनुसार दुई आणविक महाशक्तिहरूबीचको अन्तिम बाँकी रहेको आणविक हतियार नियन्त्रण सन्धिलाई सहमतिमा अधिकतम पाँच वर्षसम्म लम्ब्याउन सकिन्छ । रुस र संयुक्त राज्य अमेरिकाले सन्  २०२१  फेब्रअरी  ३ मा आधिकारिक रूपमा पाँच वर्षका लागि सन्धि विस्तार गरेका थिए । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

Array