काठमाडौं– पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी पाइएका छन् । बिहीबार विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा.खुसीप्रसाद थारूको इजलासले उपाध्यायको नक्कली प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरेको ठहर गरेको हो ।
उनलाई जम्मा तीन हजार रुपैयाँ जरिवाना गर्ने निर्णय विशेषले गरेको छ । पछिल्लो समय नक्कली प्रमाणपत्र बनाएर विभिन्न क्षेत्रमा प्रवेश गर्नेहरुको उजुरी पर्ने क्रम जारी रहेको छ ।
पूर्वन्यायाधीशकै प्रमाणपत्र नक्कली, तीन हजार रुपैयाँ जरिवाना

प्रतिक्रिया दिनुहोस्