गठबन्धनलाई अघि बढाउने एमालेको निर्णय, रास्वपालाई सरकारमा ल्याउन प्रयास गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– बिहीबार एमालेको पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अहिलेको गठबन्धनलाई नै यथास्थितीमा अघि लाने निर्णय गरेको छ । सचिवालय बैठकले एमाले–माओवादीको गठबन्धनमा चुनौती देखिए पनि यसलाई टिकाएर अघि बढाउनुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।
फागुन २५ गते हुने राष्ट्रपति चुनावमा उम्मेदवार उठाउने विषयमा दुई दलबीच मतभेद बढ्दै गएको अवस्थामा एमालेले औपचारिक रुपमै गठबन्धनलाई निरन्तरता दिने निर्णय पुगेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । प्रधानमन्त्रीबाट सरकार गठन हुँदा भएको सहमति तोडिएको समेत उनले बताए । पुस १० गते भएको निर्णयअनुसार रास्वपालाई गृह मन्त्रालय दिने भनेकोमा त्यो निर्णयमा टिक्नुपर्ने भए पनि समस्या उत्पन्न भएको उनको भनाइ एमालेले रावस्वपालाई सरकारमा फिर्ता ल्याउनुपर्ने अडान समेत राखेको थियो ।
‘सरकार गठन हुँदा जुन ढंगले शक्ति बाँडफाड भएअनुसार गृह रास्वापालाई नै दिनुपर्थ्यो। उसलाई सरकारमा राख्नुपर्थ्यो,’ ज्ञवालीले भने, ‘अझै पनि रास्वपालाई सरकारमा ल्याउन प्रयास भइरहेको छ। जसपा र नागरिक उन्मुक्तिलाई पनि सरकारमा ल्याउने प्रयास जारी छ। गठबन्धनमा कतिपय समस्या देखिएको छ। त्यसलाई समाधान गरेर अघि बढ्छौँ।’

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: