सरकारी वकिल कार्यालयले रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान अगाडि बढायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट विषयको अनुसन्धान जिल्ला सरकारी वकिल कार्यालयले अघि बढाएको छ ।
उजुरी आएपछि अनुसन्धान अघि बढाइएको सरकारी वकिल कार्यालय, काठमाडौँले जनाएको छ । गत मंगलबार युवराज सफलले प्रहरीमा दिएको जाहेरी दर्ता गर्न अस्वीकार गरेको हुँदा जाहेरी दरखास्त दर्ता प्रक्रिया अघि बढाइदिन भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा निदेवन दिएका थिए ।

रास्वपा सभापति लामिछानेले अमेरिकी नागरिक रहेका बेला जानीजानी झुटो विवरण पेश गरेर नेपाली राहदानी लिएको हुँदा तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) अनुसार पाँच वर्षसम्मको कैद र हदैसम्मको जरिवाना हुने गरी मुद्दा चलाउन निवेदनमा माग गरिएको छ।
अमेरिकी पासपोर्ट लिएर नातेदार भिसामा नेपाल छिरेका रवि लामिछानेले त्यसकै १६ दिनमै नेपाली राहदानी बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्