बाणिज्य बैंकहरुको फागुनमा निक्षेपको ब्याज दर यथावत राख्ने निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले निक्षेपको ब्याज दर यथावत राख्ने निर्णय गरेको छ । अहिले साधारण मुद्दतिको ब्याज दर ११ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले भोलि मौद्रिक समिक्षा गर्यो र नीतिगत दरहरु घटायो भने बैंकरले आज भएको सहमतिलाई शुक्रबार साँझ पुनरावलोकन गर्ने योजना बनाएको समेत बताएका छन् ।

‘राष्ट्र बैंकबाट नीतिगत दरहरु घटाउने संभावना त कमै छ। तैपनि घटाइहाल्यो भने हामी भोलि नै बैठक डाकेर आजको निर्णय पुनरावलोकन गर्ने छौं’ बैठकमा सहभागी एक जनाले भने। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्द्धबार्षिक समिक्षा गर्नका लागि भोलि बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकिसकेको छ।

प्रतिक्रिया दिनुहोस्