सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या, अन्तर्राष्ट्रिय सहायता नभएको गुनासो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – अन्तर्राष्ट्रिय मानवीय सहायता नहुँदा भूकम्पमा परेर पुरिएकाहरूको उद्धारमा कठिनाइ भएको सिरियाली अधिकारीहरूले बताएका छन्। अन्तर्राष्ट्रिय उद्धारकर्ताको ध्यान टर्कीमा केन्द्रित भएपछि सिरियाली अधिकारीको यस्तो भनाइ आएको हो।

सिरियाको लागि विश्वव्यापी सहयोग निस्क्रिय देखिएको उनीहरूले बताएको अलजजिराले खबर लेखेको छ।

विश्व स्वास्थ्य सङ्गठनले भूकम्प प्रभावित टर्की र सिरियामा स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री पठाउने घोषणा गरेको छ। अहिलेसम्म भूकम्पका कारण टर्कीमा नौ हजार ५७ र सिरियामा दुई हजार ५३० गरेर अहिलेसम्म ११ हजार ६०५ जनाको मृत्यु भइसकेको छ।

यसैबीच टर्कीका राष्ट्रपति रिसेप तायप इर्दोगानले पूर्व तयारी असम्भव रहेकाले पनि ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन्। उद्धारको काममा निकै ढिलाई भएको गुनासो बढेपछि उनले यस्तो बताएका हुन्।

उद्धारमा ढिलाई हुँदा पनि कतिपयको मृत्यु भएको स्वीकार गर्दै उनले अहिले स्थिति नियन्त्रण उन्मुख रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array