देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ । संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।
यस्तै सर्वोच्च सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषद्लाई लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्ष मान्न नसकिने भन्दै अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा फैसला गर्दै सर्वोच्चले कारण देखाऊ आदेश र जवाफ पेश गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array