डिल्लीराम खनालविरुद्ध अभिनेत्री करिश्मा मानन्धरद्वारा साइबर ब्युरोमा उजुरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ माघ २०७९, बुधबार
1 Min Read
Aa

चर्चित अभिनेत्री करिश्मा मानन्धरले यट्युवमा राजनीतिक विश्लेषक भनेर चर्चित झापका डिल्लीराम खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । ब्युरोका प्रवक्ता पशुपतिकुमार रायले करिश्माले दिएको उजुरी मंगलबार दर्ता भएको पुष्टीगरे ।

करिश्माले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गर्दै उजुरी दिएको प्रवक्ता रायले वताए ।

- Advertisement -
Ad image

करिश्माले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि उजुरी दिएको जानकारी गराएकी छन् । युट्युब अन्तर्वार्तामा रमाइलो तरिकाले आफ्ना कुरा राखेर चर्चित भएका खनालले करिश्मा रवी लामिछानेसँग लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएका थिए । उनको यो अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्