नेप्से ओरालो लाग्दा २१७०.२१ विन्दुमा रोकियाे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ- सातामा कारोबार हुने चौथो दिन बुधबार सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८७ अंकले घटेर ४१४ विन्दुमा पुगेको छ । बुधबार नेप्सेमा कूल २५७ कम्पनीको एक करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

कारोबारको आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा छ। यस कम्पनीको आज ११ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array