रवीन्द्र मिश्रले भत्काएको विवेकशील साझाको पहिलो महाधिवेशन माघ २७ र २८ गते काठमाडौंमा हुँने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ माघ २०७९, बुधबार
1 Min Read
Aa

 रवीन्द्र मिश्रले बिचार भन्दा माथि देश भन्ने दस्तावेज ल्याएपछि छिन्नभिन्न भएको विवेकशील साझा पार्टीले अब नयाँ शिराबाट अघि बढ्ने जमर्को गरेको छ । महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै फेरि सुसंस्कृत राजनीतिक शक्तिका रुपमा पार्टीलाई उभ्याउन नेताहरु जुटेका छन् । विवेकशील साझाको पहिलो महाधिवेशन यही माघ २७ र २८ गते  काठमाडौंमा हुँदैछ । यो महाधिवेशनले विचार र संगठनलाई मुर्तिकरण गर्ने विश्वाश विवेकशील साझाका नेता कार्यकर्ताले गरेका छन् ।

यसअघि तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले पार्टीमा ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज प्रस्तुत गरेपछि संयोजक मिलन पाण्डे र रन्जु दर्शना सहितका नेताहरु मिश्रले प्रतिगामी धार समातेको भन्दै विरोधमा उभिए । तर, केन्द्रीय कमिटीको दुईतिहाइ बहुमतबाट मिश्रको लाइन पारित भयो भने पाण्डेसहितका २६ केन्द्रीय सदस्यलाई कारबाही गरी पार्टीबाटै निष्काशित गरिएको थियो ।

अहिले कारवाहीमा परेका अधिकांस नेता कार्यकर्ता पार्टीमा फर्किसकेका छन्। रवीन्द्र मिश्र आफ्ना केहि अनुयायी लिएर राप्रपा प्रवेश गरिसकेका छन् ।

महाधिवेशनमा देशभरबाट पाँच सयभन्दा बढी प्रतिनिधिहरुले भाग लिनेछन् । महाधिवेशनले अध्यक्षसहितको पदाधिकारी टीम र केन्द्रीय कमिटी छनोट गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array