बेलुनका कारण चीन र अमेरिका बीचको सम्बन्ध चिसियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ माघ २०७९, बुधबार
1 Min Read
Aa

अमेरिकी क्षेत्रमा प्रवेश गरेका चीनले उडाएका बेलुनलाई अमेरिकाले खसाइदिएपछि चीन र अमेरिका बीचको सम्बन्ध फेरी चिसिएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता पेट राइडरका अनुसार रक्षामन्त्रीस्तरीय वार्ताको प्रस्ताव चीनले अस्वीकार गरेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनको निर्धारित चीन भ्रमण रद्द भएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता पेट राइडरले रक्षामन्त्रीस्तरीय वार्ताको प्रस्ताव चीनले अस्वीकार गरेको पुष्टि गरेका छन् । पेट राइडरले भनेका छन्, ‘यस्तो स्थितिमा दुवै देशबीच सम्वादको ढोका खुला राख्नुपर्छ ।’ अमेरिकी रक्षा मन्त्रालयले चीन समक्ष पुन: वार्ता प्रस्ताव राखेको छ ।

गत शनिबार, चीनले मौसमको जानकारी लिनका लागि उडाइएको तर भुलबस अमेरिकी आकाशमा पुगेको दावी गरेको बेलुन उड्दै अमेरिकाको क्षेत्रमा पुगेपछि अमेरिकी सेनाले ती बेलुन खसालेको थियो ।

अमेरिकाले ती बेलुनलाई खसालेर विषयवस्तुलाई अतिरञ्जित बनाउन खोजेको आरोप चीनले लगाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यसप्रति खेद व्यक्त समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्