खेतान समूहले नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्गको एक खर्ब रूपैयाँमा बेचेर बाहिरिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ माघ २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं–
खेतान समूहको नेपालमा गोर्खा ब्रुअरी तथा भारतको कार्ल्सबर्गको ३३.३ प्रतिशत हिस्सा सेयर एक खर्ब रूपैयाँमा बेचेर बाहिरिने भएको छ ।
इकोनोमिक्स टाइम्समा प्रकाशित समाचारअनुसार कार्ल्सबर्गले आफ्नो वार्षिक प्रतिवेदनमा खेतान समूहले ३३.३ प्रतिशत सेयर डेनमार्कको कार्ल्सबर्ग समूहलाई ७४ करोड ४० लाख अमेरिकी डलरमा बिक्री गरेर बाहिरिने उल्लेख गरेको छ ।
इकोनोमिक्स टाइम्समा प्रकाशित समाचारअनुसार कार्ल्सबर्गले आफ्नो वार्षिक प्रतिवेदनमा खेतान समूहले ३३.३ प्रतिशत सेयर डेनमार्कको कार्ल्सबर्ग समूहलाई ७४ करोड ४० लाख अमेरिकी डलरमा बिक्री गरेर बाहिरिने उल्लेख गरेको छ ।
अमेरिकी डलरसँगको अहिलेको विनिमयदर अनुसार ९८ अर्ब २० करोड रूपैयाँ रहेको छ । यो सम्झौता भएमा नेपाली व्यवसायीले अहिलेसम्मकै सबैभन्दा ठूलो व्यावसायिक डिल हुने छ ।
कार्ल्सबर्गले खेतान समूहले गरेको प्रस्तावअनुसार खरिद प्रक्रिया अगाडि बढेको जानकारी वित्तीय विवरणमा दिएको समाचारमा उल्लेख छ । खेतान समूह र कार्ल्सबर्गबीच विवाद रहेको थियो । नेपालमा कार्ल्सबर्गको उत्पादन गोर्खा ब्रुअरी कम्पनीले गर्छ ।
भारतमा कार्ल्सबर्ग इन्डियाले गर्छ । नेपालको ९० प्रतिशत र भारतको शतप्रतिशत स्वामित्व सिंगापुरमा रहेको कम्पनीसँग कार्ल्सबर्ग साउथ एसियामा रहेको छ ।
जसको ६६.७ प्रतिशत सेयर स्वामित्व कार्ल्सबर्ग ग्रुपसँग छ भने ३३.३ प्रतिशत स्वामित्व खेतान ग्रुपका सीपी खेतानसँग रहेको छ । सीपी लामो समयदेखि सिंगापुरमा बसेर व्यवसाय गर्छन् । उनी राजेन्द्र खेतानका भाइ हुन् । गोर्खा ब्रुअरीको १० प्रतिशत स्वामित्व भने नेपाली व्यवसायीसँग रहेको छ । कार्ल्सबर्गले सीपी खेतानले साझेदारीको सम्झौता उल्लंघन गरेको आरोप लगाएको थियो । गोर्खा ब्रुअरी अन्तर्गत कार्ल्सबर्ग, टुबोर्ग, सानमिगल, तथा गोर्खा बियरको उत्पादन हुन्छ । नेपाली बजारमा बियरको ५० प्रतिशतभन्दा बढी हिस्सा गोर्खा ब्रुअरीले ओगट्ने गर्छ । भारतमा भने १७ प्रतिशत हिस्सा कार्ल्सबर्ग ग्रुपले ओगट्ने गर्छ ।
कार्ल्सबर्गले सन् २०२३ भित्रमा खरिदको प्रक्रिया सकिने जानकारी दिएको छ । खेतान ग्रुप कार्ल्सबर्गबीचको विवादमा सिंगापुरको मध्यस्तकर्ताले सेयर कार्ल्सबर्गले खरिद गर्न सक्ने र खेतान ग्रुप बाहिरिन सक्ने निर्णय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array