नेपाल चिकित्सक संघको अध्यक्षमा डा. अनिलविक्रम कार्की विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ माघ २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं–नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् । कार्कीले ३ हजार ५ सय ३७ मत ल्याउँदै विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार प्रगतिशील समूहका डा. सन्तोष पौडेलले २ हजार २२३ र स्वतन्त्र उम्मेदवार डा.शिवजीविक्रम सिलवालले २९० मत प्राप्त गरेका छन् ।
यस्तै, महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा. सञ्जीव तिवारी २९१८ मतका ल्याएर विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी डा. अमृत भुसाल १५ सय ४१ मत ल्याए भने अर्की उम्मेदवार डा. रक्षा श्रेष्ठले भने १५ सय ५ मत ल्याएकी छन् ।
मधेश प्रदेशको उपाध्यक्षमा डा। निरजकुमार सिंह ३०८१ मतका साथ विजयी बने । उनका निकतम प्रतिद्वन्द्वी डा। महेश महासेठले १५७४ मत पाए भने अर्का उम्मेदवार डा। अजयकुमार मिश्रले ११२४ मत ल्याए ।

बागमती प्रदेशको उपाध्यक्षमा डा। प्रकाश बुढाथोकीले ३५५३ मतका साथ विजय हासिल गरे । उनका प्रतिस्पर्धी डा। सञ्जय ठाकुरले २२१४ मत ल्याए । गण्डकी प्रदेशमा डा। राजन शर्माले ३३२२ मतका साथ विजयी बने भने उनका प्रतिस्पर्धी डा। विकास गौचन २३९० मत ल्याए । यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा। प्रशान्त भट्ट ३३५९ मतका ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी डा। निरज अर्याल २३०८ मत ल्याए ।

सदस्यहरुमा लोकतान्त्रिक समूहका डा। अमित रञ्जन मिश्र, डा। किशोर खत्री, डा। सृजना विष्ट, डा तेज्सुसिंह मल्ल, डा। युभिन कुमार यादव र प्रगतिशिल समूहकी डा। स्मृती महत विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्ष डा। वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा। नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा। केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा विपेश आचार्य, कोषाध्यक्ष डा प्रमोद जोशी, सह–कोषाध्यक्ष डा विक्रान्त ढकाल र सह–सचिवमा डा लिजन महर्जन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । संघको निर्वाचनमा कुल ६२९२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array