रवि लामिछाने विरुद्धको जाहेरी अघि बढाइदिन माग गर्दै सरकारी वकिलको कार्यालयमा निवेदन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी प्रहरीले दर्ता गर्न अस्विकार गरेपछि अघि बढाइदिन माग गर्दै सरकारी वकिलको कार्यालयमा निवेदन परेको छ । जाहेरी दर्ता गर्न अस्वीकार गरेको हुँदा जाहेरी दरखास्त दर्ता प्रक्रिया अघि बढाइदिन भन्दै युवराज पौडेल (सफल) ले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा निदेवन दिएका छन् ।
लामिछानेले अमेरिकी नागरिक रहेका बेला जानीजानी झुटो विवरण पेश गरेर नेपाली राहदानी लिएको हुँदा तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) अनुसार पाँच वर्षसम्मको कैद र हदैसम्मको जरिवाना हुने गरी मुद्दा चलाउन निवेदनमा माग गरिएको छ । अमेरिकी पासपोर्ट लिएर नातेदार भिसामा नेपाल छिरेका रवि लामिछानेले त्यसकै १६ दिनमै नेपाली राहदानी बनाएका थिए । उनले माघ १७ गते प्रहरी परिसर, टेकुमा जाहेरी पेश गरे पनि पर्याप्त प्रमाण हुँदाहुँदै जाहेरी दर्ता नभएको निवेदनमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array