पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको बाटो खुला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– संघीय सरकारको मन्त्रिपरिषदको बैठकले मेडिकल कलेज सञ्चालनको बाटो खुला गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयले तयारी सुरु गरेको १९ वर्षपछि कोसी अस्पताल विराटनगरलाई अभ्यासका लागि प्रयोग गर्न दिने निर्णय गरेपछि विश्वविद्यालयलाई कलेज सञ्चालन गर्ने बाटो खुलेको हो । गत मंसिर ४ गतेको चुनावी अभियानका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मोरङको सुन्दरहरैचामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको अनुमति दिने आश्वासन दिए अनुसार आज पुरा भएको छ । दाहालले आफ्नै क्याबिनेटबाट मेडिकल कलेज सञ्चालनको बाटो खोलिदिएका हुन् ।
२०७८ माघ २४ गते कोसी अस्पताल विराटनगरले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्नदिने सहमति गरेको थियो । सहमतिको एक वर्षपछि २०७९ माघ २३ गतेको मन्त्रीपरिषदको बैठकले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलिदिएको हो ।
विश्वविद्यालयले २०६२ सालमा एक सय (५० जना नेपाली ५० जना सार्क राष्ट्रका) विद्यार्थी एमबीबीएस अध्यापनका लागि इन्ट्रान्स आह्वान गरेको थियो । त्यसबेला पाँच सय जना विद्यार्थीले इन्ट्रान्स फारम भरेका थिए । परीक्षा भए पनि २०६२–६३ को जनआन्दोलनका कारण रिजल्ट आउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

Array