राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री र केपी ओलीबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रपति पदको निर्वाचन तयारीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

मङ्गलवार बिहान सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस क्रममा ओलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन नसक्ने भन्दै एमालेका उम्मेदवारलाई निर्वाचित गराउनका लागि अभियान थाल्नुपर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले भने सकेसम्म एमालेकै वा अरू जोसुकै भए पनि राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएको स्रोतले जनाएको छ ।

सोमबार पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्ने भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र ओलीसँग एकसाथ छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्