काठमाडौं – चलचित्र निर्माता संघले हलबाट पहिलो हप्ता ६० प्रतिशत सेयर निर्माताले पाउनु पर्ने बताएको छ । पहिलो हप्ता ५० प्रतिशत सेयर पाउँदै आएका निर्माताले १० प्रतिशत सेयर थपेर ६० प्रतिशत पुर्याउन माग गरेका हुन् ।
दोस्रो हप्ता ५० र तेस्रो हप्ताबाट चलचित्र नउत्रिदासम्म ४० प्रतिशत सेयर पाउनु पर्ने संघको माग छ । अहिले दोस्रो हप्ता पनि ५० प्रतिशत र तेस्रो हप्तादेखि नउत्रिदासम्म ३५ प्रतिशत सेयर निर्मातले हलबाट पाउँदै आएका छन् । आफूले अगाडि सारेका यी माग लागु गर्न संघले विभागीय मन्त्रालयसमक्ष माग पनि गरेको छ ।
चलचित्र संघले महासचिव नरेन्द्र महर्जनको संयोजकत्वमा पाँच सदस्यीय वार्ता कमिटी गठन गरेको छ । जसमा भाष्कर ढुंगाना, गोपालकाजी कायस्थलगायत सदस्य छन् ।
निर्माता संघले महासचिव सुनीलकुमार थापाको संयोजकत्वमा सात सदस्यीय वार्ता कमिटी गठन गरेको छ । वार्ता कमिटीमा रामबाबु गुरुङ, खगेन्द्र लामिछाने, दीपकराज गिरी, ज्ञानेन्द्र देउजालगायत सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्