पोहोर बर्षभरी नै ऋणात्मक रहेको शोधनान्तर अहिले ९७ अर्ब बचतमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
यस वर्ष रेमिटेन्स ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार पुस मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गर्दै पोहोरको तुलनामा बिदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स २४.३ प्रतिशतले बढेको जनाएको छ । पोहोर भने रेमिटेन्स बृद्धि दर ५ प्रतिशतले घटेको थियो।
अमेरिकी डलरमा पनि रेमिटेन्स १३.९ प्रतिशतले घटेको छ। पुससम्म ४ अर्ब ५० करोड डलर भित्रिएको छ। पोहोर बर्षभरी नै ऋणात्मक रहेको शोधनान्तर पुस मसान्तसम्म आइपुग्दा करिव एक खर्बले बचतमा पुगेको छ। राष्ट्र बैंकका अनुसार शोधनान्तर बचत ९७ अर्ब १० करोड रुपैयाँ पुगेको छ।
चालु खाता घाटा भने यथावत रहेको छ। यद्यपी पोहोरभन्दा घाटा कम भने भएको छ । यसपाली २९ अर्ब ४७ करोड रुपैयाँ चालु खाता घाटामा छ। पोहोर ३५३ अर्ब १६ करोड घाटामा थियो।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १९.१ प्रतिशतले कम भएर ४ अर्ब ४३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ५ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ३४ करोड थियो ।

प्रतिक्रिया दिनुहोस्

Array