प्रधानसेनापतिको राष्ट्रिय सुरक्षासम्बन्धी ब्रिफिङ, प्रचण्डले देउवा र ओलीलाई पनि बोलाए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राष्ट्रिय सुरक्षासम्बन्धी ब्रिफिङ गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा राष्ट्रिय सुरक्षासम्बन्धी ब्रिफिङ गरिएको हो । ब्रिफिङमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि सँगै बोलाएका थिए । राष्ट्रिय सुरक्षासम्बन्धी उक्त विषयमा सामान्यतया सेनाले प्रधानमन्त्रीलाई मात्रै ब्रिफिङ गराउनुपर्नेमा प्रधानमन्त्री प्रचण्डले भने देउवा र ओलीलाई पनि बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array