नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक मोन्टी देशाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देशाईसँग नेपाल क्रकेट संघ (क्यान)ले दुई वर्षको सम्झौता गरेको छ । केही साताअघिबाटै राष्ट्रिय टिमको ‘क्लोज क्याम्प’मा रहेका देशाईले नेपाली टिम छोटो समय हेरे पनि प्रतिभावान खेलाडी भएकाले आगामी दिनमा टिमले राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् । ७ दिनको अनुभवमा खेलाडीहरुले मिहिनेत र क्षमता राम्रो देखाइरहेको बताएका छन् । खेलाडीहरुले आगामी दिनमा राम्रो गर्ने विश्वास समेत गरेका छन् । टिमका म्यानेजर विनोद दासले मुख्य प्रशिक्षकको भिजन अनुसार क्रिकेट अगाडि बढ्ने बताएका छन् । मुख्य प्रशिक्षक आएपछि उहाँको भिजनअनुसार क्रिकेट अगाडि बढने बताइएको छ ।
क्यानले देशाईसँग दुई वर्षको सम्झौता गर्दा एक वर्षमा कम्तिमा २ सय ४० दिन वर्किङ डेका रुपमा रहने सम्झौता गरेको छ। क्यानले उनीसँग अर्को एक वर्षे सम्झौता लम्ब्याउने गरी अहिलेलाई दुई वर्षको सम्झौता गरेको जनाएको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई टिममा राख्ने÷नराख्ने निर्णय टिम छनोट समिति र प्रशिक्षकको हातमा हुने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array