मधेश प्रदेश सरकारमा माओवादी सहभागी हुने, कुन मन्त्रालय पायो ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रले उद्योग वन तथा पर्यटन मन्त्रालय लिएर भोलि सहभागी हुने भएको छ । माओवादी केन्द्रबाट सुनिता यादव माओवादीको भागमा परेको मन्त्रालयको मन्त्री र रहबर अंशारी राज्यमन्त्री पाउने भएको माओवादी मधेश प्रदेशका नेताले जानकारी दिएका छन् । सुनिता यादव सहिद रामवृक्ष यादवकी छोरी हुन् । प्रचण्डकै निर्देशनमा यादव मन्त्री बन्न लागेकी हुन् । माओवादीले मधेश प्रदेशमा दुई मन्त्रालय पाउने सहमति भएको जानकारी दिएको छ ।
जसमा एउटामा भरत प्रसाद साह र अर्कोमा सुनिताको नाममा चर्चामा चलेको छ । सुनिता समानुपातिक प्रणालीबाट संसद बनेकी हुन् । १० मध्ये ९ मन्त्रालय जसपा, एमाले र जनमतले भागबण्डा गरिसकेका छन्। मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीको लागि एक मात्र उद्योग वन तथा पर्यटन मन्त्रालय आफूसँग राखेका छन् । भरत यसअघि पनि प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्

Array