नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

- Advertisement -
Ad image

यसैगरी आइतबारको बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्य योजना बनाएर अघि बढ्ने निर्णय गरिएको उनले बताए ।

उनले भने, ‘आगामी २०८० साल फागुनभित्रमा राष्ट्रिय महाधिवेशन गर्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्य योजना बनाएर अघि बढ्ने निर्णय भएको छ, सोहीअनुसार अगाडि बढ्छौँ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्