इटालियन सिरी ए फुटबल लिग: नापोलीको सहज जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – इटालियन सिरी ए फुटबलमा लिग लिडर नापोलीले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा नापोलीले स्पेजियालाई ३-० गोल अन्तरले हराएको हो ।

- Advertisement -
Ad imageAd image

नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई गोल गरे । कभिचा केभाराटकेलियाको नाममा एक गोल रह्यो ।

खेलको ४७ औं मिनेटमा कभिचाले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६८ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७३ औं मिनेटमा भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई ३-० को जित दिलाए ।

जितसँगै नापोलीले २१ खेलमा ५६ अंक जोडेको छ ।

नापोली शीर्ष स्थानमा रहेको छ ।

स्पेजिया १८ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्