रुसले आणविक हतियार प्रयोग गर्न सक्छ: सुरक्षा परिषद्का उपाध्यक्ष

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले युक्रेनले क्राइमियास्थित रुसी परिसरहरूमा आक्रमण गरे रुसले प्रतिवाद गर्ने बताएका छन् ।

क्रेमलिनसँग आबद्ध न्युज आउटलेट आरबीसीलाई अन्तर्वार्ता दिने क्रममा उनले भनेका छन्, “यस मामिलामा कुनै वार्ता हुने छैनन्, केवल प्रत्याक्रमण मात्रै हुने छ । किभको शासनमा रहेका सम्पूर्ण युक्रेन जल्नेछ । हाम्रो प्रतिक्रिया जे पनि हुन सक्छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो कुरा पूर्ण रूपमा स्पष्ट पारिसकेका छन् । हामीले आफूलाई कुनै पनि सिमामा बाँध्ने छैनौँ । चेतावनीको प्रकृति अनुसार हामी सम्पूर्ण प्रकारका हातहतियार प्रयोग गर्न तयार छौँ ।”

आणविक हतियार रोकथामसम्बन्धी राज्यको मुलभूत नीतिको खण्ड १९ अनुसार परमपरागत हतियार प्रयोग गरेर रुसमाथि आक्रमण भइरहेको स्थितिमा यदि राज्यको अस्तित्व नै खतरामा पुगेको महसुस भएको खण्डमा रुसले आणविक हतियारहरू प्रयोग गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

Array