आजको मौसम: हिमाली भू–भागमा हिमपातको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल प्रदेश– १ का पहाडी भू–भागमा आन्शिक बदली तथा तराईका धेरै स्थानहरुमा हुस्सु-कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो तथा राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array