देश मिडियाले चलाउने होइन, एक एक गरि चितवन २ मा निर्वाचन लड्न आउनुस: रवि लामिछाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देश मिडियाले चलाउने होइन भन्दै एक एक गरि आफूसँग चितवन २ मा निर्वाचन लड्न आउन ठाडो चुनौती दिएका छन् ।

आइतबार केन्द्रीय कार्यालय बसुन्धारामा पत्रकार सम्मेल गर्दै सभापति लामिछानेले नेपालमा नाम चलेका मिडियाका सञ्चालक र सम्पादकहरुलाई देश बनाउने हो भने चितवनमा निर्वाचन लड्न चुनौती दिएका हुन् ।

उनले भने, ‘कैलाश सिरोहिया आउने हो कि शिव गाउँले, अमित ढकाल । एक एक गरी चितवन २ मा आउनुस् । देश तपाईले चलाउने होइन, मिडियाले चलाउने होइन ।’

देश मिडियाले कसरी ध्वस्त बनाएको छ भनेर उनले धारे हात पनि देखाए । उनले गलत शिर्षक राखेर अफवाह फैलाएको प्रति उनले रोश पनि प्रकट गरे । नेपालको मिडियालाई रिझाएरमात्र देश चलाउने हो भन्दै उनले प्रश्न पनि गरे ।

केही समयअघि माइतीघरमा कार दुर्घटना हुँदा कस्को कार थियो ? भन्दै प्रश्न गरे । कान्तिपुर पब्लिकेसन्सनका छोराले उक्त गाडी चलाएको र घटना सामसुम बनाएको उनले बताए ।

सिरोहियाविरुद्ध बोल्दा सिध्याइदिन्छ भन्दै घटना सामसुम बनाएको उनले बताए । उनले देश नेताले चलाउने हो मिडियाले होइन भन्दै सचेत हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

Array