राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आजै राजीनामा दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्।

आइतबार वसुन्धरास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन जारी राखी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

- Advertisement -
Ad imageAd image
उक्त निर्णयपछि आज नै राजीनामा बुझाउने रास्वपाका सभापति रवि लामिछानेले बताए। 

रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए।

उनीहरूले आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा दिन लागेका हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्