तत्काल मन्त्रि नबन्न प्रचण्डको प्रस्तावमा रवि लामिछाने सकरात्मक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं–
आज बिहान बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उप–निर्वाचनबाट जितेर नआउनजेल मन्त्री नबन्न आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफूले नै राख्ने र अर्को मन्त्रालय लिन उनलाई आग्रह गरेका हुन् । उपनिर्वाचनबाट जितेर आए मात्र मन्त्री बन्न स्वाभाविक हुने प्रचण्डको भनाइ थियो ।
“सर्वोच्चको पूर्णपाठ आउन बाँकी रहेकाले पनि तत्काल मन्त्रि नबन्न प्रचण्डले भनेका थिए । शक्ति पृथकीकरणको सिद्धान्तमा इमानदार, बफादर रहेको पनि उनले बताए । रास्वपाको मन्त्रालयको संख्या नघटाई जतिवटा तोकिए जति दिने प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
लामिछाने प्रधानमन्त्रीको प्रस्तावमा सकारात्मक रहेको बालुवाटार स्रोतले बताएको छ । आफूले पार्टीको बैठक राखेर निर्णय दिने लामिछानेले बताएका छन् । अहिले रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस्

Array